शैलुङ पहिरो अपडेट: १० वर्षकी बालिकाको जीवितै उद्धार, अन्यको शव फेला
काठमाडौं– रामेछापको दोरम्बा (शैलुङ गाउँपालिका) ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित ६ जनाको शव फेला परेको छ ।

दोरम्बा शैलुङ पहिरोमा परी ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । प्रहरीका अनुसार ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेका छन् । यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् ।
उनीहरू एकै परिवारका हुन् । यस्तै, ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया, झ्याउकिरी पहरी, र २३ वर्षीया बिन्दा पहरी बेपत्ता छन् । १० वर्षीया अञ्जना पहरीको उद्धार गरिएको छ।
