असन्तुष्ट नागरिकमाथि सरकारी तागत नदेखाउन ओली–देउवालाई प्रसाईको चेतवानी

असन्तुष्ट नागरिकमाथि सरकारी तागत नदेखाउन ओली–देउवालाई प्रसाईको चेतवानी
  • १३ भाद्र २०८१, बिहीबार १०:३८

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले राज्यविरुद्ध असन्तुष्ट पोख्ने नागरिकमाािथ दमन नगर्ने सरकारलाई आग्रह गरेका छन् ।

mulpatra

तीन दिनअघि टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरिएका तीन युवालाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई राज्यको गतिविधि विरुद्ध बोल्ने अधिकार कानुनमै भएको प्रसाईको टिप्पणी छ ।

गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई पक्राउ गरी प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो । यस विषयमा हिजो प्रसाईले आफनो अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

mulpatra mulpatra mulpatra

ओली र देउवाविरुद्ध नारावाजी गर्नु नहुने हो । यस्तो पनि नेतृत्व हुन्छ भनेर उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । ‘देशका खम्बा युवाहरुले आफनो भविष्यको चिन्ता गर्न पाउने अधिकार छ । अहिलेको अवस्थाका बारेका राजनीतिक दलको कम्जोरी र उनीहरुको गतिविधिमाथि युवाहरु प्रश्न उठाउनु सकारात्मक हो ।’ उनले भने ।
३५ बर्षदेखि उनै नेता त्यही राजनीतिक व्यवस्थाबाट जनता वाक्क भएको कारण विद्रोहमा उत्रिन थालेका छन् ।
विरोध गर्ने र राजनीतिक दलविरुद्ध बोल्न पाउने नागरिकको अधिकार भएको प्रसाईले बताएका छन् ।
युवासँग अन्य नागरिकलाई सरकारले बन्दी र धरपकड गर्ने थाले चाँडै आन्दोलनसँग विद्रोह हुने प्रसाईको चेतवानी छ ।
जनता कसैको दास होइन । देशका मालिक हुन् । जसले नेता बनाए त्यही औकात भुलेर जनतामाथि दमन गर्नु नहुने प्रसाईको भनाइ छ ।

गौरापर्वको अवसरमा सोमबार आयोजित कार्यक्रममा युवाहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । यसरी राज्यले गरेको प्रवृत्ति विरुद्ध बोलेका युवालाई किन मुद्धा हाल्ने र उनीहरु निदोेष भएको प्रसााईको भनाइ छ ।

Image Source: © https://mulpatra.com

ती युवालाई पक्रिएको विषयमा सामाजिक सञ्जालमा अहिले विरोध भइरहेको छ । प्रसाईले सबै देश विदेशमा रहेका नेपाली नागरिकलाई एक पटक व्यवस्था बदल्न एक ठाँउमा उभिन र आन्दोलनका लागि तयारी अवस्था बस्न आग्रह गरेका छन् ।

प्रसाईले अहिले पनि सामाजिक गतिविधि र सरकारले जनतामाथि गरेको दमनको विरोध गर्दै आएका छन् । प्रसाईले बंगलादेशमा जस्तै आन्दोलन गर्छन् कि भन्ने त्रासमा ओली नेतृत्वको सरकार छ ।

प्रसाईले दुई बर्षयता गर्दै आएको महाअभियानमा जनताको विश्वास र उनले बोलेको पुगेपछि सरकारलाई चुनौती भएको राजनीतिकविज्ञहरु औल्याउँछन् ।