प्रधानमन्त्रीले आफनै पार्टीका सञ्चारमन्त्री गुरुङलाई जथाभावी नबोल्न निर्देशन

प्रधानमन्त्रीले आफनै पार्टीका सञ्चारमन्त्री गुरुङलाई जथाभावी नबोल्न निर्देशन
  • १८ भाद्र २०८१, मंगलवार १०:१७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा सचेत हुन निर्देशन दिएका छन् । मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका सञ्चारमन्त्रीलाई प्रधानमन्त्री विवादित विषय नबोल्न निर्देशन दिएका हुन् ।

mulpatra

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सरकारका प्रवक्तासमेत रहेका गुरुङको यो अभिव्यक्ति विवादमा तानिएपछि प्रधानमन्त्रीले सोधपुछ गरेका हुन् ।

राष्ट्रिय समाचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले भने, ‘मेरो मन्त्रालयको कामको नियमित रिपोटिङको काम थियो प्रधानमन्त्रीसँग, मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो गराएँ । त्यही क्रममा उहाँले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो, मैले जानकारी गराएँ ।’

mulpatra mulpatra mulpatra

उनले सरकारको अहिले भइरहेको कामहरुको विवरण सुनाएपछि पत्रकारको प्रश्नको जवाफ दिनेक्रममा आफूले प्रहरी समायोजनको विषयमा बोलेको स्वीकारे ।

उनले थपे, ‘मैले सन्दर्भवश बोलेको कुराले अहिले तरंग पैदा गरेको छ । यस विषयमा प्रधानमन्त्रीले पनि मलाइ चासो राख्नुभयो । मैले उहाँलाई सबै सन्दर्भ बताएँ । हामीले प्रश्नको उत्तर दिँदा खेरी तपाईं त सरकारको प्रवक्ता पनि हुनुहुन्छ । बोल्दाखेरी भाषा प्रयोग गर्दाखेरी विवादमा आउनेखाले भाषा प्रयोग गर्नबाट सचेत हुनुस् । उहाँले भनेपछि मैले महसुस गरें ।’

प्रधानमन्त्रीले हरेक कुरामा लामो लामो नबोल्न र छोटो भाषण प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि सुनाए । उनले थपे, ‘मैले त्यसलाई स्वीकार गरेँ । उठेका प्रश्नहरुको सचेत गराउनुभयो । मैले आफ्नो भनाइ राखे उहाँले सुझाव दिनुभयो । ठूलो विवाद हुने खालको त रहेनछ । तर शब्द चयनले चाहिँ मान्छेलाई उद्देलीत बनायो । मलाई सचेत हुनु भन्नुभएको छ । मैले पनि हुन्छु भनेको हाम्रो नेता भनेको पनि उहाँ नै हो ।’

Image Source: © https://mulpatra.com