ओलीलाई आफनै मन्त्रीलाई बोल्न सिकाउन राश्वप संसद्को सुझाव

ओलीलाई आफनै मन्त्रीलाई बोल्न सिकाउन राश्वप संसद्को सुझाव
  • १८ भाद्र २०८१, मंगलवार १४:४४

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले सरकारको प्रवक्ताको अभिव्यक्तिपछि वाक स्वतन्त्रता र लोकतन्त्र कहाँ छ भन्दै प्रश्न गरे ।

mulpatra

उनले भने, ‘लोकतन्त्रको पाँच वटा सिद्धान्तको एउटा आधारभूत सिद्धान्तमा वाक स्वतन्त्रता हो । प्रहरी संगठनको प्रमुखले आफ्नो संगठनभित्रको चुनौतीको विषयमा केही बोल्नुभयो ।

सरकारको प्रवक्ता र मन्त्रीले त्यसको जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र ? हामीलाई त्यही दलका पाका केही अग्रजहरुले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ, आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई सिकाउनुस् ।’

mulpatra mulpatra mulpatra

एमालेका उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । त्यसको सत्तापक्षकै सांसदहरुले पनि विरोध जनाइरहेका छन् ।