Close

Recent Posts

बालेनसँग जुद्दा केपी ओलीको फेसबुक फलोअर गायब

बालेनसँग जुद्दा केपी ओलीको फेसबुक फलोअर गायब
  • १९ भाद्र २०८१, बुधबार ०९:१५

काठमाडौं । सदस्यता विस्तार, संगठन सुदृढीकरण अभियानसँग जोडिएको पोलिटब्युरो बैठक मिसन २०८४ को प्रारूप भएको बताउँदै २०८४ को चुनावमा पहिलो पाटी बन्ने रोडम्याप प्रस्तुत गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सन्जाल पेज फेसबुकमा अनफलो गर्ने क्रम बढेको बढै छ ।

mulpatra


भदौ १६ गते मेयर बालेनले नेकपा (एमाले) की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि बालिकालाई घरेलु हिंसा गरेकाले कारवाहि चलाउन आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएर फेसबुकमा पोष्ट गरेपछि एमाले निकट विद्यार्थी नेताहरुहरुले त्यसको विरोध गर्दै फेसबुक लगायतका सामाजिक सन्चालमा पोष्ट गर्न थालेपछि सामाजिक सन्जालमा युद्ध जस्तै देखिएको थियो ।


मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए । त्यसका विरुद्ध समेत एमाले निकट युवा विद्यार्थीले विरोध जनाउन सुरु गर्दै बालेनलाई अनफलो गर्न थालेका थिए ।

mulpatra mulpatra mulpatra


एमाले निकट एक पत्रकारले ‘सामाजिक सन्जाल फेसबुकमा वालेनलाई अनफलो गरौं’ भन्दै पोष्ट हाल्न थालेपछि त्यसको विरोध स्वरुप एमाले अध्यक्ष केपी ओलीको पेज नै अनफलोको मारमा परेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ुअनफलोु गर्ने अभियान चलाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।

मंगलबार साँझ ८ बजे छ लाख पच्चिस हजार बढी फलोअर भएको के पी शर्मा ओली नामक पेज राती १० बजेर ३० मिनेट जाँदा सम्म सम्ममा छ लाख १३ हजारमा झरिसकेको थियो । बुधबार बिहान सम्ममा पनि अनफलो गर्ने क्रम रोकिएको छैन । बुधबार बिहान केपी ओली पेज मा जम्मा छ लाख को मात्र फलोअप रहेको छ ।

Image Source: © https://mulpatra.com

यता बालेन शाहको फेसबुक पेज अनफलो अभियान चलाएका एमाले निकट युवा विद्यार्थी, पत्रकार भने बालेनको पेज घट्नु भन्दा बढेको देखेर चिन्तीत छन । मंंगलबार साँझ बानेलको फेसबुक फलोअर २१०२१४८ रहेकोमा बुधबार बिहान सम्ममा बढेर २१०७९६१ पुगेपछि उनीहरु चिन्तित बन्न पुगेका हुन ।