झापामा प्रसाईको प्रदर्शनमा जनलहर, राश्वपाका नेता कार्यकर्ता महाअभियानमा प्रवेश
काठमाडौं– आज झापामा मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले कार्यक्रम गरेका छन् । उनको सामान्य भनिएको कार्यक्रममा सात हजारभन्दा बढी मेची र कोशीका जनता भेला भएका थिए ।

प्रसाईको महाअभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सय जनाभन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेका छन् । झापाको विर्तामोडमा भएको कार्यक्रममा मोरङ जिल्लाका उम्मेदवार र उनीसँगै ६० जनताभन्दा बढी कार्यकर्ता राश्वपा त्यागेर महाअभियानमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रसाई आजै महाअभियानमा स्वागत गरेका छन् ।
प्रसाईले कार्यक्रमलाई संम्बोधन गर्दै राजनीतिक दलबाट जनताले केही कुराको विश्वास र आस गर्न छाडेको बताएका थिए । प्रसाईले नेकपा एमालेभित्र भएको विकृत्ति समेत औंल्याएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले एमालेका धेरै नेताहरु महिला हिंसा, शोषण र भ्रष्टाचारतिर मात्र लागेका छन् । यसमा सबैभन्दा ठुलो भुमिका स्यंम प्रधानमन्त्री केपी ओलीकै भएको प्रसाईको आरोप थियो ।
अब जनता घर–घरबाट उठेर देशमा परिवर्तनका लागि मंसिर ७ गते अहिलेको व्यवस्था बदल्नुपर्ने र सत्तामा टाँसिएर बसेका नेतालाई त्यहाँबाट हटाउनुपर्ने उनको जोड थियो ।
प्रसाईले गत सातामा चुरेभावरसँग एकता गरेका थिए । भने आज झापामा उनको महाअभियानमा राश्वपाका धेरै नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
Image Source: © https://mulpatra.com
प्रसाईको कार्यक्रममा आजसम्म कै सबैभन्दा ठुलो वाइक ¥याली भएको त्यहाँका स्थानियबासीहरुले बताएका छन् ।
हिन्दू राज्यको नारालाई देखाउने दाँतमात्र बनाएको र पार्टीलाई पैसा कमाउने माध्यम बनाएका छन् । आफु नेपालमा हिन्दू राज्य स्थापनाका लागि जोडतोडले लगाएको प्रसाईले बताउँर्दै आएका छन् ।




