प्रसाई र बालेनलाई पक्रिन कांग्रेससँग सहयोग माग्दै प्रधानमन्त्री ओली

प्रसाई र बालेनलाई पक्रिन कांग्रेससँग सहयोग माग्दै प्रधानमन्त्री ओली
  • २६ भाद्र २०८१, बुधबार १६:०९

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्रिन सत्ता गठबन्धनकै बैठकमा सल्लाह मागेका छन् ।

mulpatra

ओलीले प्रसाई र शाहका कारण आफनो नैतिकतामाथि जनताले प्रश्न उठाउन थालेको भन्दै मंगलबार बसेको सत्ता गठबन्धनको बैंठकमा सुझाव मागेको पाइएको छ ।

बैंठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्रीमाथि प्रसाई र शाहले विभिन्न माध्यमबाट आक्रमण गरिरहेका छन् । जसका कारण जनताले अहिलेको सरकार र प्रधानमन्त्रीमाथि नै प्रश्न उठाउन थालेको उनको गुनासो भएको ती नेताले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

एकतिरबाट प्रसाईले अर्कोतिरबाट शाहले आफुमाथि आक्रमण गरिरहेको छन् । उनीहरुलाई पक्राउ गरेर कानुनी कारवाही चलाउनुपर्ने ओलीले कांग्रेस नेताहरुसँग सल्लाह मागेको ती नेताले जानकारी दिए । ‘ओलीले बालेन र प्रसाईका कारण राजनीतिक दलमाथिको विश्वास गुम्न थाल्यो । अब उनीहरुलाई कसरी हुन्छ पक्राउ गर्नुपर्छ । नत्र हामी सबैको राजनीतिक सकिन्छ भन्ने ओलीको चिन्ता छ ।’ उनले भने ।

पछिल्लो समयमा ओली र बालेनबीच कानुनी, विकास र अन्य विषयमा विवाद भइरहेको छ । एमालेले बालेनले काठमाडौं महानगरमा गर्न खोजेको विकासलाई अवरोध गर्दै आएको छ । यस विषयमा बालेनले ओली र एमालेको खरो प्रतिकार र विरोध गर्दै आएका छन् । भने बालेनका समर्थकले ओली र एमालेमाथि खनिने गरेका छन् ।

यस्तै, दुई बर्षयता एमाले र ओलीको अनैतिक, भ्रष्टाचार र तस्करसँग भइरहेको संगतका बारेमा प्रसाईले आवाज उठाउँदै आएका छन् । प्रसाईले भने जस्तै एमालेभित्र तस्कर, महिलामाथि यौन हिंसा र भ्रष्टाचार भइरहेको एमालेका महासचिव शंकर पोखरेल स्वीकार्दै प्रतिवेदन पेस गरेका छन् ।

Image Source: © https://mulpatra.com

गत बर्ष मंसिर ७ गते युवा संघले कार्यक्रम जुधाउँदा बढी शक्ति प्रर्दशन गरेको प्रसाईसँग ओली व्यक्तिगत इगो साँध्दै आएका छन् । प्रसाईले सरकार र राजनीतिक दलको कुरीतिका भण्डाफोर समेत गर्दै आएका छन् । प्रसाईले राजनीतिक दलले गरेको भ्रष्टाचार र अन्य विषयमा देशव्यापी कार्यक्रम समेत गर्दै आएका छन् ।