प्रसाईको महाअभियानमा जोडियो लघुवित्त संघर्ष समिति
काठमाडौं–नागरिक बचाउ महाअभियानमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपाल जोडिएको छ । महाअभियानका संयोजक दुर्गा प्रसाई र समिति अध्यक्ष मनिराम ज्ञवालीले आगामी दिनमा मिलेर आन्दोलन गर्ने उदघोष गरेका छन् । बुधबार महाअभियानको मुख्य कार्यालयमा भएको कार्यक्रममा दुवै संस्थाले आगामी दिनमा संघर्ष गर्ने घोषणा गरेका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले बैंक, सहकारी, लघुवित्त र यससँग केन्द्रित भएर आन्दोलन गर्दैै आएको छ । प्रसाईले भने समग्र देशको राजनीतिक विषयको विकृतिको आवाज उठाउँदै आएका छन् । अहिलेको राजनीतिक र सरकार प्रसाईसँग डराइरहेको छ ।
गत साता चुरेभावर पार्टीका अध्यक्ष पुर्वमन्त्री बद्रीप्रसाद नेउपाने केन्द्रिय सचिव उमेश पराजुली, वरिष्ट उपाध्यक्ष सुनिता भारती उपाध्यक्ष हरिप्रसाद पोखरेल र उपत्यका इन्चार्ज निरज गौतम लगायत ७४३ जनालाई महाअभियानसँग एकता गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|



