ईपीजी प्रतिवेदन बारे भ्रम छर्दे प्रधानमन्त्री, भारतले ओलीको हारगुहार सुन्दैन्: प्रसाई

ईपीजी प्रतिवेदन बारे भ्रम छर्दे प्रधानमन्त्री, भारतले ओलीको हारगुहार सुन्दैन्: प्रसाई
  • २८ भाद्र २०८१, शुक्रबार १६:२०

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कूटनीतिक माध्यममार्फत ईपीजी प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्दै आएको छन् । तर भारतले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्रीसन्धि पुनरावलोकन लगायतका विषयमा अध्ययन गरिएको समूह–ईपीजीको प्रतिवेदन तयार भएको ६ वर्षसम्म पनि बुझ्न मानेको छैन ।

mulpatra

ईपीजि प्रतिवेदन कांग्रेस–एमाले गठबन्धन सरकारको भारतलाई बुझाउन नसक्ने नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् । ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला २०७२ मा ईपीजी गठन भई काम थालेको थियो । प्रतिवेदन तयार भएको ६ वर्ष बित्दा पनि भारतले बुझ्न मानेको छैन । अहिले पनि भारतले ईपीजी प्रतिवेदन नबुझन उनको दाबी छ ।

ओली प्रधानमन्त्री भएपछि पटक–पटक भारतलाई ईपीजी प्रतिवेदनबारे आफ्ना भनाइ दोहो¥याउँदै आएका छन् । तर उनले आफनै क्याविनेटमा समेत यस विषयमा छलफल गर्न नसकेको प्रसाईको आरोप छ । ‘ओली यस विषयमा मन्त्रीपरिषद् बैठकमा समेत ईपीजी प्रतिवेदनबारे छलफल गरेका छैन । बाहिर जनता झुक्याउन ईपीजी प्रतिवेदनबारेमा भ्रम फैलाउँदैछन् । ओली ईपीजी प्रतिवेदन भारत बुझाउन सक्दैन् ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

ईपीजी प्रतिवेदन बुझ्नेबारे दुई देशबीच कूटनीतिक वार्ता भइरहेको भनेर परराष्ट्र मन्त्री आरजु राणाले हल्ला मात्र फैलाएको उनको आरोप छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायतका विषयमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्तिहरूको समूह–ईपीजीको प्रतिवेदन बुझ्न भारतीय पक्षलाई ओली धेरै पटक आग्रह गरे ।

नेपालबाट भारतमा पटक–पटक उच्चस्तरीय भ्रमण हुने गरे पनि दुई देशबीच रहेका सीमा विवाद, ईपीजी प्रतिवेदन बुझ्नेलगायतका विषयमा खुलस्त छलफल हुँदैन् । नेपालले यस विषयमा नेपाल फर्किएपछि नचाहिँदो हल्ला मात्र गर्ने गरेको प्रसाईले जानकारी दिए ।

गत भदौ २ गते भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीले पठाएको निम्तो हस्तान्तरण गरेकी थिइन् । यस विषयमा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो आएको छैन । पछिल्लो समय भारतसँगको सम्बन्ध राम्रो हुन नसकेको तिक्तता ओलीले ईजीविमार्फत पोख्न थालेको प्रसाईको दाबी छ ।

Image Source: © https://mulpatra.com