प्रधानमन्त्री ओलीलाई विद्रोह डर, संकटको घन्टी गुन्जिएको बुझियो: प्रसाई

प्रधानमन्त्री ओलीलाई विद्रोह डर, संकटको घन्टी गुन्जिएको बुझियो: प्रसाई
  • ३१ भाद्र २०८१, सोमबार १५:२५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैंठकमा सम्बोधन गर्दै हाम्रो राजनीतिक भविष्यमा खतरा र संकटको घन्टी बज्न थालेको संकेत गरे । उनले जनतामा राजनीतिक दलप्रतिको विश्वास गुम्दै गएको प्रष्टाउन खोजे । यतिसम्म कि आफु र नेपालको लोकतन्त्रमाथि नै आक्रमण भइरहेको अभिव्यक्ति दिए ।

mulpatra

सासंद बैठकलाई संम्बोधन गर्दै ओली स्यंम राजनीतिक संकट आउन सक्ने खतरा औंल्याएको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले बताएका छन् । उनका अनुसार ओली लगायत राजनीतिक दलले जनता ढाँट्ने दिनको अन्त्य हुन्छ ।

कांग्रेससहित दुई तिहाइको प्रधानमन्त्रीले स्यंम नेपालमा परिवर्तनको खतरा बढेको महसुुुस गरेको प्रसाईले बताए । ‘आज प्रधानमन्त्रीले आफुलगायत राजनीतिक दलमाथि कुनै दिन संकट आउन सक्ने संकेत गरेका छन् । यसको अर्थ उनले जनताप्रति आफनो विश्वास गुमेको स्वीकारे ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

नेपालमा ४० बर्ष राज गर्दा के परिवर्तन गरे त राजनीतिक दलले यसको हिसाव–किताव खोज्ने बेला आएको प्रसाई बताउँछन् । ओलीको मात्र होइन, अन्य राजनीतिक दललाई नेपाल संकटको घडीमा आइपुगेको महसुस हुन थालेको प्रसाईले जानकारी दिए । जनता मालिक हुन् दास होइन भनेर चिनाउने समयमा भएको प्रसाईको दाबी छ ।

सासंद जस्तो मयार्दित ठाँउमा के बोल्नुपर्छ भनेर थाहा नभएका प्रधानमन्त्रीले अरुलाई र उपदेश दिनु कति उचित भन्ने प्रसाईको प्रश्न छ ।