यूवा मैत्री राप्रपाः थप्यो ४० बर्ष मुनिका २० केन्द्रीय सदस्य
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीलाई युवा माझ पुर्याउने उद्देश्य राखी तय गरेको नवीन राप्रपा कार्ययोजना अन्र्तगत ४० बर्षमुनिका २० जना युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

पार्टीलाई जनतामाझ पुर्याउन युवाको खाँचो महसुस गरि नवीन राप्रपा कार्ययोजना कार्यान्वयनमा लगिएको उपाध्यक्ष धु्रवबहादुर प्रधानले बताएका छन । राप्रपाले पार्टीका उपाध्यक्ष धु्रवबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति बनाएको थियो । सोही समितिले विभिन्न मापदण्ड बनाएर १० महिला र १० पुरुष छनौट गरेको राप्रपा कार्यालयले जनाएको छ ।
राप्रपाले एक बर्षमा दुई लाख सक्रिय सदस्य पुर्याउने लक्ष्य राखी संगठनको कार्यशैलीको व्यापक सुधारको नीति अघि सारेको र पार्टीलाई दुरुस्त बनाइराख्न वडादेखि सबै तहका अधिवेशन गर्नका लागि कार्यसम्पादन समितिका सदस्य तोरण बहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई समेत पूर्णता दिइएको जनाएको छ ।
केन्द्रीय कमिटिमा छानिएको युवा नेताहरुः
अशोक सिंह सम्राट दार्चुला
लोकेन्द्र कुँवर कैलाली
बिनोद श्रेष्ठ काठमाडौं
अरुण गिरी कास्की
इन्जिनियर गोपीकृष्ण चौलागाईं सिन्धुपाल्चोक
शिवकुमार चौधरी दाङ
रविकिरण हमाल सुर्खेत
नवतीत कुमार मिश्र पश्चिम नवलपरासी
समीर शर्मा काठमाडौं
डा. डेभिड थापा युके प्रवास
बिना लामा धादिङ
बिना जयसवाल पर्सा
लक्ष्मी थापा सिन्धुपाल्चोक
नजियाँ खातुन मिया सुनसरी
इञ्जिनियर सजिना कार्की ललितपुर
अनिशा नेपाली सल्यान
रेजिना श्रेष्ठ तनहुँ
इञ्जिनियर दीपा श्रेष्ठ काभ्रेपलाञ्चोक
आश्मा कुमारी केसी काठमाण्डौं
तारा जैसी हुम्ला
