Close

Recent Posts

राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कारबाट आठ जना पुरस्कृत

राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कारबाट आठ जना पुरस्कृत
  • १ आश्विन २०८१, मंगलवार २२:३९

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८१ का लागि ८ जनालाई पुरस्कृत गरेको छ । १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्या एको भन्दै उक्त पुरस्कार प्रदान गरेकी हुन्।


राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयले बनाएको छ। सोही कार्यविधि अनुसार पुरस्कार प्राप्त गर्नेको नाम छनोट गरिएको मन्त्रालयले जनाएको छ।

कार्यविधिमा नवप्रवर्तन भन्नाले नविनतम विधामा अधिक प्रभावकारी उत्पादन, प्रक्रिया, सेवा, प्रविधि वा व्यवसायिक नमुनाको तर्जुमा, गुणस्तर, डिजाइन, विकास वा नमुना विकासको माध्यमबाट गरिने आविष्कार वा सिर्जना सम्झनु पर्छ र सो शब्दले त्यस्तो आविष्कार वा सिर्जनाबाट पर्न जाने सामाजिक तथा आर्थिक प्रभावलाई समेत जनाउँछ भनेर उल्लेख गरिएको छ।


पुरस्कृत हुनेहरुमा स्वास्थ्य क्षेत्रका डा पवन कुमार हमाल, वातावरण तर्फ काठमाडौं विश्वविद्यालयका डा. नानी राउत, उर्जा तर्फ पुल्चोक क्याम्पसका प्राध्यापक डा. श्रीराज शाक्य, कृषिका प्रा.डा. माधव प्रसाद पाण्डेय, उच्च शिक्षा तर्फ डा. विराज सिंह थापा र डा. विनो दवाडी, विज्ञान शिक्षक तर्फ पृथ्वीनारायण माध्यमिक विद्यालयका शिक्षक योगेन्द्र प्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारिता तर्फ छत्र कार्की र विज्ञान तथा प्रविधिमा कार्यरत कर्मचारीबाट शिक्षा मन्त्रालयका मनाीषा महर्जनलाई पुरस्कृत गरेको छ ।