प्रधानमन्त्री ओलीले व्यक्तिगत इगोमा प्रसाईलाई पक्राउ पुर्जी जारी गराए
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित ३ युट्युवरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । तर यसको प्रमाण खुलाइएको छैन । प्रसाईलाई गिराउन प्रधानमन्त्री केपी ओली नै यस्ता रणनीति अपनाएको बुझिएको छ । प्रसाईलाई के कारण र कसले उजुरी दिएको भन्ने खुलाइएको छैन ।
जसका कारण पनि प्रसाईलाई ओली व्यक्तिगत इगोमा पक्राउ पुर्जी जारी गराएको प्रहरी स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीलगायत एमालेका नेता महेश बस्नेतले प्रसाई पक्राउन लागि परेको प्रहरी नै बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
समाचारमा प्राविधिक कारणले अर्कै फोटो पर्न गएकोले सच्याइएको छ । सम्पादक ।



