राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा परिवर्तन ल्याउन जरुरीः राष्ट्रपति
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा देश विदेशमा रहेका नेपालहरुलाई शुभकामना दिएका छन ।
संविधान दिवसका अवसरमार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेललले ‘ हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन् । यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।’ भन्दै राजनीतिक निष्ठामा परिवर्तन ल्याउन जरुरी भएको बताएका छन ।

संविधान दिवसले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको समेत बताएका छन ।
समुन्नत राष्ट्र बन्ने विश्वास राख्दै उनले विज्ञप्तीमा भनेका छन ‘हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हामीसँग भएका साधन स्रोतको उचित व्यवस्थापन गर्दै न्यायोचित वितरण गर्न सके पनि नेपाल समुन्नत राष्ट्र हुन सक्दछ भन्ने मलाई लाग्दछ ।’
![]() |
![]() |
![]() |
|---|



