सोधपुछ नगरी प्रसाईलाई पक्राउ पुर्जी, लोकतन्त्रमा ओलीले पञ्चायती रुप देखाए

सोधपुछ नगरी प्रसाईलाई पक्राउ पुर्जी, लोकतन्त्रमा ओलीले पञ्चायती रुप देखाए
  • ३ आश्विन २०८१, बिहीबार ११:३७

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको छ । अहिले यस विषयमा सामाजिक सञ्जालमा सरकारको विरोध भइरहेको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित ३ युट्युवरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

mulpatra

तर यस विषयमा प्रसाईसँग साइबर प्रहरीले सोधपुछ र सूचना समेत नदिएको प्रसाईको सचिवालयले जनाएको छ ।

साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको सञ्चारमाध्यमबाट थाहा भएको प्रसाईले जानकारी दिए । आफुले व्यक्तिगत रुपमा कसैको चरित्र हत्या नगरेको र यस विषयमा आफुमाथि व्यक्तिगत राजनीतिक इगो साँधेको प्रष्ट देखिन्छ । लोकतन्त्रमा सही र गलत छुट्याउन सक्ने राज्य प्रणाली हुनुपर्ने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । तर यसको प्रमाण खुलाइएको छैन । त्यस्तो कसैको चरित्रहत्या भएको प्रमाण भए खबर गर्नुपर्छ । पक्राउ पुर्जी जारी गर्नुअघि सम्बन्धीत व्यक्तिलाई सूचना दिनुपर्ने प्रसाई बताउँछन् ।

प्रसाईलाई पक्राउ गर्ने प्रधानमन्त्री केपी ओलीले नै यस्ता रणनीति अपनाएको बुझिएको छ । प्रसाईलाई के कारण र कसले उजुरी दिएको भन्ने खुलाइएको छैन । तर विगत देखि नै एमालेले नेता महेश बस्नेत समूह प्रसाईलाई फसाउने खेलमा लागेका थिए ।

जसका कारण पनि प्रसाईलाई ओलीले व्यक्तिगत इगोमा पक्राउ पुर्जी जारी गराएको प्रहरी स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीलगायत एमालेका नेता महेश बस्नेतले प्रसाईलाई पक्राउन नचाहिँदो खेल खेलेको प्रसाईका समर्थकको आरोप छ । ओलीले लोकतन्त्रमा पञ्चायती रुप देखाएको प्रसाईका समर्थकको आरोप छ । यसको नजिता सरकारले नराम्रो भोग्ने समेत उनीहरुको चेतवानी छ ।

Image Source: © https://mulpatra.com

प्रसाईको सचिवालयले जारी गरेको प्रेस विज्ञप्ती