Close

Recent Posts

माछापुच्छ्रे बैंक २५ औं बर्षमाः ग्राहकका लागि अफरै अफर

माछापुच्छ्रे बैंक २५ औं बर्षमाः ग्राहकका लागि अफरै अफर
  • ५ आश्विन २०८१, शनिबार ०८:१९

काठमाडौं । माछापुच्छ्रे बैंक २५ औं बर्षमा प्रवेश गर्दैछ । २५ औं बर्षमा प्रवेश गर्ने र नजिकिएको दशैं तिहारलाई लक्षित गरि ग्राहकहरुका लागि अफरै आफर सार्वजनिक गरेको छ । बैंक असोज १७ गतेबाट स्थापनाको २४ औं बर्ष पार गरी २५ औं बर्षमा प्रवेश गर्दैछ ।

mulpatra


बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याक र विशेष छुट समेत घोषणा गरेको छ । मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकका लागि असोस ३० गतेसम्म छुट दिइने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।


बैंकको डेबिट कार्ड लिने ग्राहकले पहिलो बर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई बर्षसम्म नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन ।

mulpatra mulpatra mulpatra


बैंकले क्रेडिट कार्ड पनि पाँच बर्षका लागि एकमुष्ट दुई हजार चारसय मा प्रदान गर्ने जनाएको छ ।
बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप सेवाको सदस्यता शुल्कमा बार्षिक पचास प्रतिशत सम्म छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्डमा पहिलो बर्ष चौबिस प्रतिशत छुट दिनेछ ।


बैंकको बार्षिकोत्सव योजना अन्र्तगत असोज १६ र १७ गते बैंकका डेबिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टहरुबाट सामान खरिद गर्दा बिल भुक्तानीमा २४ प्रतिशत वा अधिकतम १२४ रुपैँया, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैँया क्यासब्याक पाउनेछन ।


बैंकले भाद्र ३१ सम्म लागु हुने गरि घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५५ प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५५ प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्नुहुनेछ ।

Image Source: © https://mulpatra.com


त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १५ प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुनेछन् ।