Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा उच्चस्तरीय भेटवार्ता ?

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा  उच्चस्तरीय भेटवार्ता ?
  • ६ आश्विन २०८१, आईतवार १५:३१

काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन् ।

mulpatra

सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेकामा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका निम्ति आग्रह गरे ।

महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लने र त्यसबाट हुने क्षतिपूर्तिका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

mulpatra mulpatra mulpatra

त्यसअघि, प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका निम्ति प्रतिनिधि समेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेकी थिइन् ।

आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीसँग आजै राष्ट्रसंघको मानवअधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै छन् ।

यस्तै, भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल–खालेद अल–हमद अल–मुबारक अल–सबाहसँग द्विपक्षीय बैठक हुनेछ ।