शोभा पाठक मुद्धामा बस्नेतलाई पक्रिन नसकेको प्रहरीले प्रसाईलाई सामान्य मुद्धामा पक्रियो

शोभा पाठक मुद्धामा बस्नेतलाई पक्रिन नसकेको प्रहरीले प्रसाईलाई सामान्य मुद्धामा पक्रियो
  • ६ आश्विन २०८१, आईतवार १६:४२

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा केही दिनअघि उनीसहित तीन जनाविरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौँ पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

mulpatra

आज आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको जानकारी दिए । साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । तर उनलाई त्यही अशब्द बोलेको केही प्रमाणका बारेमा प्रहरीले खुलाएको छैन ।

mulpatra mulpatra mulpatra

धादिङकी शोभा पाठकसँग ४–५ वर्षदेखि महेशको अन्तरंग सम्बन्ध रहेको विषय बाहिर आएसँगै एमालेका कार्यकर्ता उनीमाथि कारवाही हुनुपर्ने पक्षमा थिए । तर, थप प्रमाण बाहिर आउन नदिन महेश बस्नेतले युवा संघका कार्यकर्ता लगाएर शोभामाथि आक्रमण गरेपछि यो काण्ड प्रहरीसम्म पुगेको छ । तर यस विषयमा प्रहरी मौन देखियो । भने प्रहरीले उनीमाथि एक्सन लिन समेत चाहेन ।

पार्टीका युवा फाँट इञ्चार्ज पार्टीकै बदनाम हुने गरी यौन काण्डमा मुछिएकोबारे अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेल, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु रिमाललगायत शीर्षस्थ नेतृत्व यस विषयमा भलिभाँती जानकार छ । तर, ती नेता परस्त्रीसँग जोडिएको यत्रो काण्ड बजारमा छरपष्ट हुँदा पनि सारा नेता मौन छन् ।