गोर्खा मिडियाका पुर्व सञ्चालक पूर्वडीआइजी जोशी पक्राउ

गोर्खा मिडियाका पुर्व सञ्चालक पूर्वडीआइजी जोशी पक्राउ
  • ६ आश्विन २०८१, आईतवार २०:०६

काठमाडौं । नेपाल प्रहरीले पूर्व डीआइजी छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आजै राती पोखरा लाने तयारी गरिएको छ ।

mulpatra


गृहमन्त्री रमेश लेखकले संसदीय विशेष छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै जोशी पक्राउ परेका हुन । जोशीलाई पक्राउ गरेपछि संसदीय छानबिन समितिले तयार पारेको सहकारी संस्थाको रकम अपचलन सम्बन्धि प्रतिवेदन कार्यान्वयन हुने देखिएको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

mulpatra mulpatra mulpatra