दुर्गा प्रसाईले गरे हिरासतबाटै चरणबद्ध आन्दोलनको घोषणा समर्थक पनि पक्राउ गर्दै प्रहरी

दुर्गा प्रसाईले गरे हिरासतबाटै चरणबद्ध आन्दोलनको घोषणा समर्थक पनि पक्राउ गर्दै प्रहरी
  • ६ आश्विन २०८१, आईतवार २१:१७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि भोली असोज ७ गतेदेखि देशभरि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन ।

mulpatra


दुर्गा प्रसाईको फेसबुक पेज मार्फत विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका हुन । आइतबार दिउँसो प्रसाईलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरि हिरासतमा राखेको छ ।


प्रसाईसँगै उनका समर्थक पनि पक्राउ पर्न थालेपछि आन्दोलनको घोषणा गर्न वाध्य भएको प्रसाईको सचिवालयले जनाएको छ । सचिवालय श्रोत अनुसार प्रहरीले ३०० बढी समर्थक पक्राउ गर्ने योजनामा रहेको बताइएको छ ।
विज्ञप्ती मार्फत अभियानका ३ सय भन्दा धेरै अभियन्ता साथीहरुको घरमा प्रहरी गई धरपकड गर्ने, खानतलासी गर्ने, धम्क्याउने जस्ता गतिविधी गरिरहेको जनाइएको छ ।

mulpatra mulpatra mulpatra


मलाई हिरासतमा राख, कुटपिट गर, मानसिक यातना देउ केही छैन जनताको मुक्तिका लागि लडेको हुा मर्नसँग डराउँदिन तर मेरा प्यारा अभियन्ता साथीहरुलाई क्षति हुनुहुँदैन भन्दै आन्दोलनको कार्यक्रम छिटै सार्वजनिक गरिने पनि बताइएको छ ।

विज्ञप्ती जस्ताको तस्तैः