भारी बर्षाको रेड अलर्टले किसानहरु चिन्तित

भारी बर्षाको रेड अलर्टले किसानहरु चिन्तित
  • ९ आश्विन २०८१, बुधबार २१:०५

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लालाई पानी पर्ने रेड जोनमा राखेपछि धान भित्र्याउन तयारी रहेका किसानहरु चिन्तित बनेका छन ।

mulpatra

बर्षदिनको कमाइ खाने बाली भित्र्याउने बेलामा रेड अलर्ट जारी भए पछि किसानहरुलाई चिन्ता थपिने त भयो नै यता दशै नजिकएसँगै चार्डपर्व मनाउन तयारी भएकाहरुलाई समेत चिन्ता थपेको छ ।


अति भारी बर्षाले उच्च जोखिमको सम्भावना रहेकाले रेड अलर्ट जारी गरिएको महाशाखाले जनाएको छ ।
नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको हो ।

mulpatra mulpatra mulpatra

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ सम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

रेड अलर्ट जारी गर्दै महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ । बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
उच्च जोखिममा रहेका जिल्लाहरुः

Image Source: © https://mulpatra.com