धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्दा लगानी कर्ता उत्साहित

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्दा लगानी कर्ता उत्साहित
  • १० आश्विन २०८१, बिहीबार ११:१७

काठमाडौं नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाएसँगै शेयर लगानीकर्ताहरु उत्साही बनेका छन । यसअघि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा अनुपस्थित भएका तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइएको छ ।

mulpatra


बोर्डका तत्कालिन अध्यक्ष रहेका रमेश हमालको कार्यकाल गत पुष २० गतै नै सकिएको भएपनि हाल सम्म अध्यक्ष नियुक्ति अलमलमा थियो ।


९ महिना देखि बोर्ड अध्यक्ष नियुक्ति नहुँदा बोर्डमा धेरै निर्णय गर्नुपर्ने बिषयहरु थाँती रहिरहेका नभई कतिपय अनिवार्य गर्नू पर्ने काम समेत गर्न नसक्दा बोर्ड मात्र होइन शेयर लगानी कर्ता समेत अन्योलमा थिए ।

mulpatra mulpatra mulpatra


तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले भएको डेढ महिनापछि फागुन १६ गते अध्ययनका लागि आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा १९ जनाले आवेदन दिएका थिए । अध्यक्षका लागि आवेदन दिएका पाँच जना सर्टलिष्टमा परे पनि राजनीति खिचातानीले तीन जना अनुपस्थित भएपनि दुईको मात्र प्रस्तुती लिइएको थियो ।


कानुनतः तीन जनाको नाम सिफारीस गर्नु पर्ने र छनौट प्रक्रियामा दुई जना मात्र उपस्थित भएपनि समितिले काम गर्न सकेको थिएन । तत्कालिन प्रस्तुतीमा अनुपस्थित भएका तीन जनालाई अन्र्तवार्तामा बोलाएपछि भने अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ ।


समितिले बिहीबार सूचना जारी गर्दै यसअघि अन्तरवार्ता र प्रस्तुतीकरण प्रक्रियामा सहभागी नभएका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारीको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको नयाँ मिति तोकेको हो । उनीहरूलाई असोज १८ गते बिहान १० बजे अर्थ मन्त्रालय सिंहदरबारमा बोलाइएको छ । सर्टलिस्टमा परेका दुई उम्मेदवारहरू मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको अन्तर्वार्ता र प्रस्तुतीकरण भने यसअघि नै भइसकेको छ ।

Image Source: © https://mulpatra.com