काठमाडौं प्रहरीको सुरक्षा योजनाः पाँच मिनेट भित्र घटनास्थलमा

काठमाडौं प्रहरीको सुरक्षा योजनाः पाँच मिनेट भित्र घटनास्थलमा
  • ११ आश्विन २०८१, शुक्रबार १३:३५

काठमाडौं । चाडपर्व नजिकिएसँगै सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दशै नजिएकसँगै लुटपाट, चोरी जस्ता अपराधिक घटना बढ्ने भएकाले दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो ।

mulpatra


काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

काठमाडौं प्रहरीले चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध लाई ध्यान दिई सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ । त्यस्ता खाले कुनै खटना भइहाले घटना स्थलमा सुचना पाएको ५ देखि १० मिनेटभित्र रेस्पोन्स गर्ने जनाएको छ ।

त्यस्ता अपराधिक क्रियाकलापलाई हुन नदिन काठमाडौं र सम्भावित ठाउँलाई मध्यनजर गरेर ३ हजार ७६५ प्रहरी परिचालन गरिएको छ ।