आर्या फार्माल्याबको एन्टिबायोटिकमा विभागले लगायो रोक

आर्या फार्माल्याबको एन्टिबायोटिकमा विभागले लगायो रोक
  • ११ आश्विन २०८१, शुक्रबार १३:५७

काठमाडौं । औषधि व्यवस्था विभागले बारामा अवस्थित आर्या फर्माल्याबबाट उत्पादिन एक एन्टिबायोटिक औषधिको विक्री वितरणमा रोक लगाएको छ ।
उक्त कम्पनीको अर्फलोक्स सस्पेन्सन (Arflox suspension) नामक झोल औषधी विक्री वितरणमा रोक लगाई विक्री भएकालाई फिर्ता ल्याउन समेत सुचीत गरेको विभागले जनाएको छ ।


उक्त औषधिको ब्याच नम्बर एएफएल ९०००१ बिक्रीमा रोक लगाएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । अफ्लोक्सासिन ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि हो ।

उक्त ब्याचका औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।
कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ ।