‘खै सरकार ! खोलाले बगायो’
काठमाडौं । मौसम विज्ञान विभागले लगातार बर्षाले विपद निम्तिनसक्ने पुर्वसूचना गरेपनि सरकारले अनदेखा गरी तयारी नगर्दा मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको छ । यस्तो विपदमा नागरिकको ज्यान-धन जोगाउने तथा राहत र उद्धारमा सक्रियता देखाउने प्रमुख जिम्मेवारी सरकारको हो तर, यस्तो बेला सरकारी भूमिका प्रभावकारी हुन नसकेको भन्दै व्यापक आलोचना भइरहेको मात्र छैन ‘खै सरकार ! खोलाले बगायो’ भन्ने उक्ति चरितार्थ भएको छ ।
तीन दिन लगातार परेको पानीले राजधानी जोड्ने सबै सडक अवरुद्ध बनायो । कति सडक त महिनौ दिनमा पनि बनाउने अवस्था छैन । उत्तरी नाका तातोपानी जोड्ने एकमात्र कोदारी राजमार्गको बेलिब्रिज भोटेकोसीले बगाएपछि सडक, चीनिया नाका मात्र बन्द भएन दशैंका लागि सामान अर्डर गरेर ल्याउँदै गरेका धेरै व्यापारीको सपना बन्द भए ।
सिन्धुलीबाट रामेछाप, ओखलढुंगा, सोलुखुम्बु जोड्ने सुनकोशीमा बनेको खुर्कोट अवस्थित पुल बगाएपछि राजधानीसँग ति जिल्लाहरुको सम्पर्क टुट्न पुगेको छ, दशैंको तयारी गरिरहेका जिल्लाबासी पीडामा छन ।
पाँचथर ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाउँदा दशैं भरि ताप्लेजुङ सडक सन्जालबाट अलग रहने पक्का जस्तै छ ।
विपी राजमार्गको सडकै बगाएपछि तीन दिन देखि अलपत्र बाहन तथा यात्रुहरु ज्यान जोखिममा राखेर बल्ल तल्ल सडक पार गर्न वाध्य छन ।
काठमाडौंबाट मकवानपुर जोड्ने सबै सडक अवरुद्ध छन । नागढुंगा–नारायणगढ सडकले धेरैको ज्यान लियो । सडक अझै सुचारु हुन सकेको छैन जसले गर्दा काठमाडौं पोखरा सडक समेत अवरुछ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीपहिरोबाट ११०० मेगावाट उत्पादन क्षमता भएका आयोजनाहरु पूर्ण रुपमा बन्द भएका छन्। जसले २६ जलविद्युत आयोजनामा २ अर्ब ४५ करोड रुपैयाँ बढीको क्षति भएको छ भने सिचाईतर्फ १ अर्व ३५ करोड रुपैया बराबरको क्षति भएको जानकारी दिएका छन ।
अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको, ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। उद्धारको क्रममा १०१ जना प्रहरी समेत घाइते छन्।
मौसम विज्ञान विभागले लगातार बर्षाले विपद निम्तिनसक्ने पुर्वसूचना गरेपनि सरकारले अनदेखा गरी तयारी नगर्दा मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको छ । यस्तो विपदमा नागरिकको ज्यानधन जोगाउने तथा राहत र उद्धारमा सक्रियता देखाउने प्रमुख जिम्मेवारी सरकारको हो तर, यस्तो बेला सरकारी भूमिका प्रभावकारी हुन नसकेको भन्दै व्यापक आलोचना भइरहेको छ ।
सरकारको नेतृत्व गर्ने दल नेकपा (एमाले) ले सरकारको ध्यानाकर्षण गराउँदै निकालेको विज्ञप्तीले विपदमा परेकाको राहत भन्दा आफ्नै पार्टी कार्यालय डुबेको प्रति बढी चिन्ता गरेको जस्तो देखिन्छ ।
देश शोकमा डुबिरहेको बेला सरकारको नेतृत्व गरेका प्रधानमन्त्री के.पी शर्मा ओली अमेरिकाको साधारण कार्यालयहरु उद्घाटन गर्दै हिड्ने र घर फर्किने चासो नदेखाउँदा जनताको दुःखप्रति जवाफदेखि नरहेको मात्र देखाएन यता गृहमन्त्री रमेश लेखकले प्रयत्न गर्दागर्दै पनि स्रोतसाधनको अभावले उद्धार कार्यमा कठिनाइ भएको बताइरहँदा कसले हो श्रोतसाधन जुटाइदिने भन्ने प्रश्न समेत उब्जिएको छ । विपदमा राज्यले यो तहको निरीहता प्रकट गरेको पहिले नसुनिएको सामाजिक सन्जालमा छाइरहेका छन ।
देशमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकाय छन् । यस्ता निकायको काम विपद् न्यूनीकरण गर्नु र विपद्को समयमा गर्नुपर्ने कार्यको पूर्वतयारी गर्नु हो, तर यस्तो विपद् आउँदै छ भनेर समयमा नै जानकारी हुदाँहुदै पनि नेपाल सरकार ले त्यतातिर ध्यान नदिएको हो वा विपद व्यवस्थापनको पुर्वानुमान सुचनालाई नपत्याएको हो सरकारले जवाफ दिनुपर्ने बेला भएको छ ।