प्रसाईका समर्थक सडकमा, तत्काल रिहाइ नगरे बंगलादेशमा जस्तो आन्दोलन गर्ने चेतावनी

प्रसाईका समर्थक सडकमा, तत्काल रिहाइ नगरे बंगलादेशमा जस्तो आन्दोलन गर्ने चेतावनी
  • १४ आश्विन २०८१, सोमबार १६:४०

काठमाडौं–नागरिक बचाउ महाअभियान संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले एक सातायता माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले लाई तत्काल प्रसाईको रिहा गर्न माग गरिरहेका छन् ।

उनीहरुले प्रसाईंको रिहाइ गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सात हजार बढी समर्थक र सर्वसाधारण भेला भएर माइतीघर मण्डलामा भेला भएका उनीहरुले तत्काल प्रसाईलाई रिहाइ नगरे आन्दोलनको आँधीबेरी ल्याउन चेतावनी दिएका छन् ।

सात हजारभन्दा बढी समर्थक सर्वसाधारण सडकमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका सर्वसाधारणले प्रसाईलाई तत्काल रिहाइ नगरे बंगलादेशमा जस्तै आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रसाईका समर्थकले उनलाई झुटो मुद्धा लगाएर फसाएको आरोप लगाएका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट उनलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध उजुरी परेपछि साइबर अपराधको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईलाई पछिल्लो पटक थपिएको म्याद भोली सकिदैँछ ।