दुर्गा प्रसाई रिहाइ: अब देश र जनताका लागि नयाँ तरिकाले काम गर्ने उद्घोष

दुर्गा प्रसाई रिहाइ: अब देश र जनताका लागि नयाँ तरिकाले काम गर्ने उद्घोष
  • १५ आश्विन २०८१, मंगलवार १६:२९

काठमाडौं– नागरिक बचाउ महाअभियान संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले रिहाइ गरेको छ । उनलाई एक लाख धरौटीाम रिहाइ गरेको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्् । विरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग भएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट उनलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध उजुरी परेपछि साइबर अपराधको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईलाई पछिल्लो पटक थपिएको म्याद आज सकिएको छ ।

प्रसाईका समर्थकहरुले एक सातायता माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिरहेका छन् । अमेरिकामा बसेर नेपालमा प्रधानमन्त्री केपी ओलीले उनलाई पक्राएका थिए । अहिले प्रसाईका समर्थक मात्र होइन । राजनीतिक दलकै नेता कार्यकर्ता, नागरिक समाज र सवसाधारणले समेत प्रसाईलाई पक्रिएको विषयमा विरोध गरिरहेका छन् ।

प्रसाईले देश र जनताका लागि नयाँ ढंगले काम गर्ने समेत बताएका छन् । प्रसाईले सरकारले दमनकारी भुमिका निवार्ह गरेको समेत आरोप लगाए ।

आज मात्र प्रसाईका १० हजारभन्दा समर्थक माइतीघर मण्डलमा उत्रिएका थिए । उनीहरुले देशमा परिवर्तनका आवश्यकता रहेको र यसको नेतृत्व प्रसाईले गर्नुपर्ने माग गरेका थिए ।