प्रसाईको शक्ति परिक्षण गर्दा ओलीको क्रेज सस्तियो, विवादमा तानिए गृहमन्त्री
काठमाडौं– ६ असोज मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरो प्रहरीले उनै घरबाट पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेर आठ दिन हिरासत राखेर अनुसन्धान ग¥यो ।

प्रसाई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखक विवादमा तानिए । प्रसाईका समर्थक र कांग्रेस पार्टीभित्रै उनलाई सामान्य मुद्धामा पक्रिएको विषयमा लेखकको विरोध भयो । कतिपय कांग्रेसका नेता र संसद्ले नै प्रसाईलाई प्रधानमन्त्री केपी ओली व्यक्तिगत इगोमा गृह प्रशासनको दुरुपयोग गरेको भन्दै प्रश्न उठाए ।
प्रसाईलाई पक्रिएपछि प्रधानमन्त्री केपी ओलीमाथि सबैभन्दा बढी सर्वसाधारण खनिए । जनता र प्रसाईका समर्थकले प्रधानमन्त्रीले सबै काम छाडेर प्रसाईलाई फसाउन लागेको आरोप लगाए ।
![]() |
![]() |
![]() |
|---|
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकसँग परामर्श नलिई साइबर प्रहरीको सहयोगमा प्रसाईलाई पक्राउ गराएका थिए । यस विषयमा पनि गृहमन्त्रीमाथि कांग्रेसकै नेताहरुले प्रश्न उठाएका थिए ।
लेखकलाई थाहा नै नदिइ ओलीले प्रसाईलाई पक्रिन निर्देशन दिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । प्रसाईलाई पक्रिनुमा गृहमन्त्रीको दोष नभएको स्रोतको भनाइ छ । अमेरिकामा रहेका ओलीमाथि सामाजिक सञ्जालमा प्रसाईलाई पत्रिएको विषयलाई लिएर ठुलो विरोध र आक्रोस पनि व्यक्त भएको थियो । त्यसपछि ओलीले पनि झस्किएको एमालेकै नेताहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीले प्रसाईलाई पक्रिँदा हाई–हाई पाउने आस राखेका थिए । तर उनलाई पक्रिएपछि सामाजिक सञ्जाल, प्रसाईका समर्थक र जनताले त्यसको विरोधमा उत्रिए । प्रसाईलाई पक्रिएको विषयमा एमालेकै नेताहरुले खुशी व्यक्त गर्न सकेन भने उनीहरुले यस विषयमा खुलेर बोल्न पनि सकेन । जसका कारण प्रसाईलाई हात लगाउनु गलत भएको ओलीले महसुज गरेको उनीनिकट नेताहरु बताउँछन् । गत बर्ष मंसिरमा प्रसाईसँग कार्यक्रम जुध्याएर शक्ति प्रदर्शन गर्न खोज्दा एमालेका नेता महेश बस्नेतले राजनीतिबाट हाल धुनु परेको छ ।
Image Source: © https://mulpatra.com
प्रसाईलाई पक्रिएपछि एमाले र सरकारलाई राम्रो भन्ने कोही नभेटिपछि प्रधानमन्त्री ओली पनि पछि सरेका थिए । उनले प्रसाईलाई सामान्य ठान्नु नहुने शिक्षा पनि पाएको एमालेकै केही नेताहरु बताउँछन् ।
जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका प्रसाईंले समर्थकमाझ सरकारलाई चेतावनी दिएका छन् । एमाले र अहिलेको सरकारले आफुलाई राजनीतिकमा आउन बाध्य र आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे । यसपछि प्रसाई कसरी राजनीतिकमा आउँछन् भनेर सर्वसाधारण प्रतिक्षामा छन् । प्रसाई भने वैकल्पिक शक्ति निर्माणमा लागेका छन् ।
धरौटीमा छुटेपछि १० हजारभन्दा समर्थकलाई सम्बोधन गदै प्रसाईले मलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको टिप्पणी गरे । अब देश र जनताका लागि राजनीतिक गर्ने हो । मेरो लडाँई तस्करी नियन्त्रण, भ्रष्टाचार रोक्नु, मारवाडीबाट देश बचाउनु र जनतासँग शन्तिसँग देशभित्र बस्ने वातावरण बनाउने भएको प्रसाईले आज भक्तपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका प्रसाईंको रिपोटिङ अन्तर्राष्ट्रिय मिडियाहरुले पनि गरेका थिए ।



