प्रसाईलाई ओलीको निर्देशनमा वीरका निर्देशक पौडेलले दिमाखलाई असर पर्ने औषधी खुवाउन खोजे
काठमाडौं– गत ६ असोज नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरो प्रहरीले उनै घरबाट पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेर आठ दिन हिरासत राखेर अनुसन्धान ग¥यो ।
उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि प्रसाईलाई साइबर ब्यूरोले वीर अस्पतालमा भर्ना गरेर उपचार गरेको थियो । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी ओली व्यक्ति इगोका कारण प्रसाईलाई पक्राउ गराएका थिए ।
अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्रीको निर्देशनमा वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले प्रसाईको दिमाखमा असर गर्ने औषधी चलाउन खोजेको वीरकै डाक्टरहरुबाट खुलेको छ । वीर स्रोतकाअनुसार अस्पताल भर्ना भएका प्रसाईलाई अन्य अस्पतालमा उपचारका लागि लैजाने नदिइ निर्देशक पौडेल त्यस्तो खेल खेलेका थिए ।
प्रसाईलाई उनका परिवारले निजी अस्पतालमा लागेर उपचार गराउन खोजेपनि निर्देशक पौडेलले रोेकेका थिए । परिवारको मन्जुरीबिना प्रसाईलाई निर्देशक पौडेलले अस्पतालबाट डिस्चार्जपत्र बनाएर सिंहदरबार प्रहरी बृत्तमा लैजान सहमति दिएका थिए । यो कानुनविपरित हो ।
वीर अस्पतालका एक डाक्टरकाअनुसार निर्देशक सन्तोष पौडेलले प्रसाईलाई मानसिक समस्या सिर्जना हुने औषधी चलाउन सल्लाह लिएका थिए । तर प्रसाईका उपचारमा खटिएका केही डाक्टर यस्तो कुरा बाहिरिन्छ भने अस्वीकार गरेको ती डाक्टरले जानकारी दिए ।
निर्देशक पौडेलले प्रधानमन्त्री ओलीको निर्देशनमा प्रसाईलाई समस्यामा पार्न प्रयास गरेपनि असफल भएको वीरकै कर्मचारी बताउँछन् । प्रसाईको सचिवालयका अनुुसार प्रसाईलाई अस्तपालबाट डिस्चार्ज गराउन वीरका निर्देशक सन्तोष पौडेलले ठुलो खेल खेले । तर सफल भएन । उनीले कानुनविपरित धेरै काम गर्न खोजेको प्रसाईको सचिवालयको आरोप छ ।
प्रसाई अस्पतालमा बसेका बेला प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मिनेट–मिनेटमा फोन गरेर निर्देशक पौडेलसँग कुराकानी गरेको वीरकै कर्मचारी बताउँछन् । रिमालको फोन आएपछि पौडेलले प्रसाईलाई डिस्चार्ज दिनुपर्छ भन्दै त्यहाँका डाक्टर दबाब दिएका थिए ।
यस विषयमा बुझ्न खोज्दा निर्देशक पौडेलले फोन काटे । प्रसाईलाई पटक–पटक प्रसाईलाई पक्रिएपछि ओलीको लोकप्रियतामाथि सर्वसाधारणले प्रश्न समेत उठाएका थिए । प्रसाईले आफु उपचारत भएका कारण यस विषयमा अविज्ञ भएको जानकारी दिए । मलाई अस्पतालले कानुनविपरित काम गरेको छ । यस विषयमा उहाँहरु नै विज्ञ र जानकारी हुनुहुन्छ। त्यही भएर आफुले केही प्रतिक्रिया नदिएको प्रसाईले मूलपत्रसँग बताएका छन् ।
जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका प्रसाईंले समर्थकमाझ सरकारलाई चेतावनी दिएका छन् । एमाले र अहिलेको सरकारले आफुलाई राजनीतिकमा आउन बाध्य र आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे । यसपछि प्रसाई कसरी राजनीतिकमा आउँछन् भनेर सर्वसाधारण प्रतिक्षामा छन् । प्रसाई भने वैकल्पिक शक्ति निर्माणमा लागेका छन् ।