मेचिनगरमा ई–रिक्सा दर्ता प्रक्रिया सुरु

मेचिनगरमा ई–रिक्सा दर्ता प्रक्रिया सुरु
  • २३ आश्विन २०८१, बुधबार १९:४५

झापा: मेचिनगर नगरपालिकाले बुधबारदेखि तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया शुरु गरेको छ । अबदेखि मेचिनगरमा अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारीलाई कार्यविधिअनुसार दर्ता गरेर मात्र चलाउन पाइने भएको छ । दर्ताबिनै सञ्चालन भइरहेका विद्युतीय रिक्साका कारण मेचिनगरको ट्राफिक व्यवस्थापन मुख्य चुनौती बनिरहेको थियो।

mulpatra

प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापन नगरहरूले आफैले व्यवस्थित गर्न अनुमति दिएपछि मेचिनगर नगरपालिकाले आज देखी दर्ता प्रक्रिया शुरु गरेको हो । तीन पाङ्ग्रे ई रिक्सा व्यवस्थापन कार्यविधि २०७९ तयार भएपनि अन्य व्यवस्थापनका कुरा बाँकी रहेकाले ढिला गरि शुरु गरेको ई रिक्सा व्यवस्थापन समितिका सचिव दिपेन्द्र कार्कीले बताउनु भयो ।


तीन पाङ्ग्रे ई रिक्सा व्यवस्थापन कार्यविधि २०७९ अनुसार नगर उपप्रमुखको अध्यक्षतामा ९ सदस्यीय तीन पाङ्ग्रे ई रिक्सा सन्चालन तथा व्यवस्थापन समिति बनाएको छ । सो समितिले प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीको उपस्थितीमा आज मेचीनगर नगरपालिका वडा नं. ६ का ई रिक्सा सवारी धनी राजेश कुमार सुनुवारलाई सवारी दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै दर्ता प्रक्रिया शुरु गरेको जनाएको छ ।

mulpatra mulpatra mulpatra

समितिले रिक्साको रुट निर्धारण गर्ने, रुट अनुसार भाडादर कायम गर्ने, दर्ता, नामसारी गर्ने, प्राविधिक चेकजाँच गर्ने जस्ता कामहरु गर्ने कार्यविधिमा उल्लेख छ


मेचिनगरमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्नेभएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।