Close

Recent Posts

बडादशैंको शुभ साइत बिहान ११ बजेर ३६ मिनेटमा

बडादशैंको शुभ साइत बिहान ११ बजेर ३६ मिनेटमा
  • २६ आश्विन २०८१, शनिबार ०९:०२

काठमाडौंः २०८१ सालको बडादशैंको दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टिका र जमरा लगाइँदैछ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

mulpatra

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै हिजो अष्टमी र नवमी एकदैदिन परेको र नवमी तिथी आज बिहान सम्म रहेकाले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।


घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

mulpatra mulpatra mulpatra