Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

न्यून गुणस्तर ८५ हजार किलो चामल भारत फिर्ता

न्यून गुणस्तर ८५ हजार किलो चामल भारत फिर्ता
  • १ कार्तिक २०८१, बिहीबार १०:३२

काठमाडौं– नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ ।

mulpatra

परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै ९न्युनस्तर० पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।

mulpatra mulpatra mulpatra

परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो ।

न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो । सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागका प्रवक्ता महर्जनले बताए ।