ओलीसँग न आयस्रोत छ कहाँबाट ल्याए तीन करोडको घडी लगाउने सम्पति:प्रसाई
काठमाडौं– प्रधानमन्त्री केपी ओलीको बाँया हातको नाडीमा करीब तीन करोड मूल्य पर्ने ‘पाटिक फिलिप’ ब्राण्डको घडी देखिन्छ । ओली लगाएको चस्माको फ्रेम ‘सेतो सुन’ भनिने धातुबाट बनेको हो । जसको मूल्य सुनभन्दा तेब्बर बढी पर्छ । अहिले ओलीको जीवनशैली कहाँबाट कहाँ पुगेको छ ।

सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री ओलीलाई जनताभन्दा पनि तस्कर, दलाल पुँजीपतिहरुको रजगज भएको नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको आरोप छ ।
एमाले अध्यक्ष ओलीमा निम्न पुँजीवादी र पेटी बुर्जुवा चरित्र देखाएर जनतालाई भ्रम छर्ने काम भइरहेको छ । ओली सोच, विचार र सिद्धान्तले मात्र हैन, आचरण र शैलीका हिसाबले समेत दलाल पुँजीवादीको संगतमा भएको प्रष्ट देखिएको प्रसाई बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री ओली र उनका सहयोगीहरूको हिमचिम सभ्रान्त र धनी वर्गसँग भएकाले लवाइखवाई र शान सौकत पनि उनीहरुकै लागि गर्ने गरेको एमालेकै नेताहरु बताउँछन् ।
प्रधानमन्त्री ओली सर्वहारा वर्गको पार्टी दाबी गर्ने एमालेका अध्यक्षको जीवनशैली विगतका राजाहरुको भन्दा बढी भएको जनताले महसुज गरेको प्रसाईले बताए । ‘ओली पुँजीवादी ताउरमाउर स्वाभाविकका छन् । व्यवहार यसैगरी अस्वाभाविक र उदेकलाग्दो छ । निम्न पुँजीवादी स्खलनको सिलसिला एमाले मुख्यालयसम्म आइपुग्यो । जुन भ्रष्ट व्यापारीको ‘दान’मा पार्टीको कार्यालय बन्यो ।’ उनले भने ।
दोश्रोपटक मिर्गौला फेरिसकेका, जीवनको उत्तरार्ध टेकिसकेका र आफूलाई सर्वहारा वर्गको नेता भन्न अझै शरम नमान्ने ओली अहिले आएर एकाएक मौलाएको सुविधाभोगी राजाशैलीको नेता भएर हिडिरहेको एमालेकै नेताहरु बताउँछन् । यस विषयमा जनताले चासो दिदै प्रश्न समेत गर्न थालेका छन् ।
Image Source: © https://mulpatra.com
तत्कालीन प्रतिपक्षी दल एमाले समर्थित मिडियाले ‘प्रचण्ड डेढ लाखको पलङमा सुत्छन’ भन्ने खुबै प्रोपोगान्डा मच्चाएका ठुला मिडियाहरु अहिले चुपचाप बसेका छन् । ओली ठुला मिडियामा समेत ठुलै पैसा लगानी गरेको एमाले स्रोतको दाबी छ ।
ओलीको सर्वहारा वर्गीय चरित्र र संस्कार एकरति छैन भन्ने प्रमाण हो, उनको नाडीमा टल्कीएको करोडौंको घडी । यस विषयमा एमालेकै नेताहरु कानेखुशी गरेपनि बोल्न सकेका छैन ।
यती, ओम्नी, बतास समूह र अनेक स्वार्थ समूहसँग जोडिएको एमाले एमाले केही समय यता विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने असफल षड्यन्त्र र काठमाडौंका मेयर बालेन शाहविरुद्ध लागे ।
प्रधानमन्त्री भएपछि ओलीले हुँदै नभएको मुद्धामा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई फसाउन ठुलै चलखेल समेत गरे । तर उनीसँग पनि ओली असफल भए । प्रसाईलाई चलाएपनि ओलीको मात्र होइन । एमालेकै लोकप्रियता घुमेको छ । प्रसाईलाई पक्रिएको विषयमा एमालेकै नेताहरु खुलेर बोल्न र समर्थन गर्न सकेन ।
एमालेमा संशोधनवादी पतन त देखा परेकै हो, अब चारित्रिक पतनले पनि सीमा नाघेको प्रसाईको बुझाइ छ ।सहकारी प्रकरणभन्दा ठूलो घोटलाहरू गिरीबन्धू टी स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू सरकारमा छन् । उनीहरूदेखि कारबाही भएको छैन ।
ओलीमाथि जनताको प्रश्न
प्रधानमन्त्री ओली झापाका जमिनदार वर्गमा पर्दैनन् । १४ वर्ष जेल बसेका र कमाउने इलम कुनै नगरेका ओलीले करोडौंको घडी लगाउनसक्ने आर्थिक हैसियत कसरी बनाए रु कसैले उपहार दिएको हो भने कसले दियो रु करोडौं मूल्यको घडी उपहार पाउने स्वार्थ के हो रु भने ओली अहिले राजाभन्दा बढी सानमा कसरी हिडिरहेका छन् । यस विषयमा जनताले चासो दिएका छन् ।
देशमा भोका, नाङ्गा, बेरोजगार, भूकम्प, बाढी र पहिरोपीडित अनि केही उपाय नलागेर विदेसिन बाध्य दुखी नेपालीका बारेमा ओली चासो नभएको कांग्रेसका नेताहरुले खुलेर विरोध गरिरहेका छन् । निम्न पुँजीवादी र सुविधाभोगी सोच, संस्कार र शैली विकसीत भएका ओलीमा दलाल पुँजीपति वर्गसँग हिमचिम बढेको सबै नेपालीलाई थाहा भएको उनै पार्टीका नेताहरु आरोप लगाउँछन् ।
एमालेमा इमानदार र असल नेता÷कार्यकर्ताको एमालेमा कुनै प्रभुत्व वा सम्मान छैन । भ्रष्ट व्यापारीसँगको हिमचिम र भ्रष्टीकरणले एमालेलाई ‘माफिया’को पार्टी बनाइसकेको जनतालाई समेत थाहा भएको प्रसाई बताउँछन् ।
अहिले एमालेमा विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेत या विष्णु रिमालहरूकै रजगज छ । भने बस्नेतका राजनीतिकबाट पतन भइसकेका छन् । उनले गत बर्षदेखि दुर्गा प्रसाईसँग भिड्न खोज्दा उनको राजनीतिक जीवन सकिएको अवस्थामा पुगेको छ ।
२०४७ को परिवर्तनलगत्तै देखा परेको वैचारिक, नैतिक र चारित्रिक पतनको पराकाष्ठा नाघ्दै एमाले अहिले भाटभटेनीका शरणमा आइपुगेको ओलीकै कतिपय समर्थक बताउँछन् ।



