पुन्य गौतमलाई आफुले आक्रमण गर्न लगाएर प्रसाईलाई फसाउने ओलीको अर्को प्रपञ्च
काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न मनपरी अभिव्यक्ति दिने पात्र पुण्य गौतमलाई व्यक्तिगत इगोमा दुई साता अघि आक्रमण भएको थियो ।

गौतममा असोज २१ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँमा राति करिब सवा नौ बजे आक्रमण भएको थियो । उनलाई टासी लामा भन्ने सञ्जीव तामाङ र मिलन भन्ने दिलबहादुर गङ्दानले आक्रमण गरेका थिए । उनीहरुले गौतमलाई व्यक्तिगत इगोमा आक्रमण गरेको प्रहरीसँग दिएको बयानमा स्वीकारेका छन् ।
तर प्रहरी बृत्त बौद्धले उनीहरुलाई अहिले पनि अनुसन्धानमा यातना दिएर राखेको छ । पक्राउ परेका दुई दोषीले प्रहरीलाई नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको नाम लिनु भन्दै यातना दिइरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
यस विषयमा प्रसाईको कुन दोष नभएको पक्राउ परेको अभियुक्तले प्रहरीलाई बयान दिएपनि प्रधानमन्त्री केपी ओली र एमालेका केही शीर्ष नेताहरुले प्रसाईलाई गौतम आक्रमणको विषयमा जोडेर फसाउन खोजीरहेका छन् ।
एमालेका नेताहरु यस विषयमा प्रसाईलाई दोषी देखाएर उनलाई फेरी समस्यामा पार्ने खोजिरहेको पाइन्छ । तर प्रसाईको कुनै संलग्न नरहेको पक्राउ परेका अभियुक्तले प्रहरीलाई बयान दिइसकेका छन् । तर प्रधानमन्त्री केपी ओलीले नै यस विषयमा चासो दिएर प्रसाईलाई फसाउन खोजेको पाइएको छ । प्रहरीले बयान लिएपनि अभियुक्तलाई सरकारी वकिल कार्यालयमा बुझाएको छैन ।
बौद्ध प्रहरी बृत्तका एक प्रहरीका अनुुसार सामान्य मुद्धामा प्रधानमन्त्री ओलीले नै चासो राख्नु भएको छ । त्यही भएर गौतमको मुद्धा सरकारी वकिलको कार्यालयमा लैजाने ढिलो भएको हो । प्रधानमन्त्री र एमालेका नेताहरुले गौतम आक्रमणमा अरु व्यक्तिलाई पनि जोड्न खोजिरहेको उनको भनाइ छ ।
Image Source: © https://mulpatra.com
उक्त आक्रमणबाट गौतमको टाउकामा चोट लागेर अस्पतालमा भर्ना हुनुपरेको थियो । दुबैजनामाथि ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



