बढ्दै चिसो, काठमाडौँको तापक्रम १४ डिग्री सेल्सियसभन्दा मुनि झर्यो
काठमाडौं–नेपालमा ‘पोस्ट मनसुन’ सिजन चलिरहँदा देशभर क्रमशः तापक्रम ओरालो लागिरहेको छ । सेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने भएकाले पनि देशभरको मौसम चिसोतर्फ ढल्किँदै गएको हो । यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक ५ गते) १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ८४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियसमा झरेको हो । यसैगरी आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.६ डिग्री सेल्सियस मापन भएको छ । आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ धनगढीमा ३४ डिग्री सेल्सियस छ ।
हेर्नुहोस् देशका विभिन्न स्थानमा आजको न्यूनतम तापक्रम र हिजोको अधिकतम तापक्रम विवरण

