‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन

‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन
  • ९ कार्तिक २०८१, शुक्रबार १४:०३

काठमाडौं – पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।

mulpatra

पार्टीका सभापति लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

mulpatra mulpatra mulpatra

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।