र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न नसकने पोखरेलको टिप्पणी

र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न नसकने पोखरेलको टिप्पणी
  • ९ कार्तिक २०८१, शुक्रबार १४:४५

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले विचारभन्दा लोकप्रियताका जगमा राजनीति चलेको बताएका छन् । अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिको दिशा नै गलत बाटोमा जाने स्थितिमा पुगेको बताए ।

mulpatra

‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन, तर काठमाडौंको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो’, उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै भने, ¥याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध ग¥यो भने मान्छे लोकप्रिय हुन्छ। विरोध समस्याको समाधान हो र ?’

काठमाडौंमा एमालेले नजित्दा आजको राजनीति नै गलत बाटोमा जान खोजिरहेको उनको भनाइ छ । उनले कुनै एउटा विधामा सफल हुनु भनेको राजनीतिमा सफल हुन्छ भन्ने नरहेको बताए ।

mulpatra mulpatra mulpatra

महासचिव पोखरेलले संगठित रुपमा राजनीति चल्ने भन्दै कुनै एक व्यक्तिले राजनीतिको सुधार गर्छ भन्ने कुरा कल्पनामात्रै भएको जिकिर गरे । उनले काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतमा हुने गल्ती सच्याउनेगरी लाग्न निर्देशन दिए ।