केपी ओली संसदीय छानविन समितिको विरोधमा थिएः प्रचण्ड
एक महिना अघिमात्र सत्ता विमुख हुन पुगेको प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आज काठमाडौंमा सरकार विरोधी खबरदारी जुलुस निकालेको छ।
पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको हो। सरकारको गलत कदमको विरोध गर्दै खबरदारी जुलुस निकालेको माओवादीले जनाएको छ ।
माओवादीका सबै पदाधिकारी सहभागी भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो ।
सभामा पार्टी शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । खबरदारी सभामा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दैे हालका प्रधानमन्त्री केपी शर्मा ओली संसदीय छानविन समिति गठन गर्न राजी थिएनन त्यसको विरोधमा थिए भन्ने आरोप लगाएका छन ।


‘सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिनु उचित छैन’ उनले भने ।
सम्बोधन कै क्रममा दाहाल प्रचण्डले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको दाबी गरेका छन ।
उहाँले केपी ओली नेतृत्वको सरकार गठनको आधार नै सुशासनविरुद्ध रहेको बताए । आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरमा गई रातको १२ बजे अप्राकृतिक संसर्गबाट सरकार बनेको उल्लेख गर्दै प्रचण्डले सय दिन पुग्दानपुग्दै उक्त कुरा पुष्टि भएकोले केपी ओली नेतृत्वको सरकार गठनको आधार नै सुशासनविरुद्ध रहेको बताएका छन ।
सम्बोधन कै क्रममा माओवादीलाई सरकारको चिन्ता नभएको उनले उल्लेख गरे । आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको उनले बताए ।
भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादीप्रति पनि आशंका उब्जेका बेला सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिइएको उनले टिप्पणी गरे ।
यो देश नेपाली कांग्रेस र नेकपा (एमाले)को बिर्ता नभएको उनले बताए । संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न समेत उनले चेतावनी दिए ।
‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ’, उनले भने ।
माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै प्रचण्डले भने, ‘खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।’
आफू प्रधानमन्त्री हुँदादेखि नै दोषी कोही बच्नुहुँदैन र निर्दोष कोही फस्नुहुँदैन भनेको भन्दै उनले सहकारी पीडितलाई न्याय दिन पनि आफूले सिंहदरबारमा पचासौं बैठक गरेको बताए ।
रवि लामिछानेविरुद्ध संसदमा प्रश्न उठेपछि आफू छानबिन समिति गठन गर्न तयार भएको र पछि रवि पनि तयार भएको तर हालका प्रधानमन्त्री ओलीले नमानेको प्रचण्डले बताए ।
‘रवि लामिछानेसँग कुरा गर्दा समिति बनाएर छानबिन गर्न उचित हुन्छ, दोषी हो भने कारबाहीका लागि तयार हुनुपर्छ, होइन भने उन्मुक्ति हुनुपर्छ डराउनुपर्ने के छ भनेको थिएँ, छानबिन समिति बन्न हुँदैन भन्ने केपी ओली हो, रविलाई हर हालतमा बचाउनुपर्छ भन्ने केपी ओली हो’, उनले भने ।
![]() |
![]() |
![]() |
|---|



