ओली सत्ता र आफनै पार्टीबाट गलत्याउने अवस्थामा पुगेका छन्: प्रसाई

ओली सत्ता र आफनै पार्टीबाट गलत्याउने अवस्थामा पुगेका छन्: प्रसाई
  • १२ कार्तिक २०८१, सोमबार १५:३१

इटहरी– नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफनै कारण जनताको नजरमा गिरेको आरोप लगाएका छन् ।

mulpatra

प्रसाईले आज इटहरीमा भएको आमसभालाई सम्बोधन गर्दै नेपालको इतिहासमा अहिलेसम्म जनताबाट तिरस्कृत भएको प्रधानमन्त्री पनि सायद ओली नै होला भन्ने धारण राखे ।
जनतामाथि यस्तै दमन गरिरहे ओलीको सत्ता धेरै दिन टिक्र्दैन । बाढी–पहिरोले जनताको गाँस, बास र रोजीरोटी खोसिएको छ । त्यस्ता ठाँउमा ओली पुग्न सकेका छैन । सिंहदरबार र बालुवाटार भित्र बसेर जनतामाथि नचाहिँदो सास्ती ओलीले दिइरहेको प्रसाईले संम्बोधनका क्रममा बताए ।

ओली आफनै कारण नेपाली जनता, राजनीतिक दल र आफनै पार्टीबाट लगत्याउने अवस्थामा पुगेका छन् । उनलाई एमालेले गलत्याउने खोजीरहेको प्रसाईको दाबी छ । ‘जनताका समस्या एकतिर छन् । उनी आफनो पार्टीका लागि तस्कारसँग मिलेर भ्रष्टाचार र जग्गा दान माग्न व्यस्त छन् ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

नेपालको इतिहासमा अहिलेसम्म ओलीजति जनताको नजरमा गिरेको प्रधानमन्त्री कोही नभएको प्रसाईको ठोकुवा छ । गरिबी, भ्रष्टचार, बेथिति, विसंगतिका बिरुद्ध, गरिव, निमुखा, विपन्न, वेसाहारा, बैंक, लघुबित्त, सहकारी पिडितका पक्षमा आफुले आवाज उठाउँदा राजनीतिक दललाई बिजाएको समेत आरोप लगाए ।

देशमा जनता खान नपाउने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री भने हावा गफ दिएर पद जोगाउन दौडीरहेका छन् । राजनीतिक दलले यस्तै काम गर्दै गए चाँडै जनताले लखेट्न दिन आउने प्रसाईले जानकारी दिए ।

सरकारले लोकतन्त्रमा जनतामाथि दमन गरिरहेको छ । लोकतन्त्रमा स्वतन्त्र तरिकाले जनताले आवाज राख्न पाउँछन् । तर अहिले ओली सत्तामा गएपछि जनताको घाँटी निमोटन थालेको प्रसाईको आरोप छ ।

Image Source: © https://mulpatra.com

इटहरीमा भएको आमसभामा एक लाखभन्दा बढी जनता सहभागि भएको प्रसाईको सचिवालयले जनाएको छ । भने सुनसरी जिल्ला प्रहरीका अनुसार प्रसाईको कार्यक्रममा ५० हजारभन्दा बढी जनताले सहभागिता जनाएका छन् ।

सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।

दिल्ली युनिभर्सिटीका राजनीतिशास्त्रका प्रोफेसर संगित कुमार रागी नेपाल आएका थिए । प्रसाईको निमन्त्रणामा नेपाल आएका रागीले सोमबार सुनसरीको इटहरीमा आयोजित जनसभालाई संम्बोधन गर्ने आएका रागीलाई प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरीले झापामा दुरुव्यवहार गरेको थियो ।

आमसभालाई संम्बोधन गर्ने आएका रागीलाई झापा जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला प्रहरीले राती रागी बसेको होटलमा गएर दुरुव्यवहार गरेपछि उनले कार्यक्रम संम्बोधन नगरी भारत फर्किएका थिए ।

रागीलाई बिर्तामोड प्रहरी बृत्तबाट खटिएको प्रहरीले पक्रिन धम्की समेत दिएको पाइएको छ । यस विषयमा रागीले भारत फर्किएपछि खण्डन गर्ने छन् ।