Close

Recent Posts

साफ महिला च्याम्पियनसिपमा नेपाल १२ औं पटक पराजित

साफ महिला च्याम्पियनसिपमा नेपाल १२ औं पटक पराजित
  • १५ कार्तिक २०८१, बिहीबार १३:४४

काठमाडौं– नेपालकै कमजोरीमा बंगलादेशले गोल गरेर जित्यो । तर हारको अर्को कारण रणनीतिमा पनि नेपाल सफल हुन सकेन ।

mulpatra

नेपाल साफमा ६ पटक फाइनलमा पारजित भयो । साफमा धेरै फाइनल खेल्ने नै नेपाल हो । २०१६ मा बाहेक सबै संस्करणमा फाइनल पुगेपनि नेपाल अभागी बन्दै आएको छ ।

नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १२औं फाइनलमा हारपछि उनको उपविजेता ट्याग अझै हटेन । फाइनल जिंक्स अझै तोड्न सकेन ।

mulpatra mulpatra mulpatra

नेपाल साफमा छैटौं पटक पराजित भयो । यस बाहेक दषिण एसियाली खेलकुद (साग) मा ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप र वाफ वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलम पराजित भएको थियो । साफको १४ वर्षे इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेलेपनि नेपाल अझै उपाधिविहिन छ ।

नेपाल सबैखाले गरी भारतसँग ७ पटक फाइनलमा पराजित भएको छ भने बंगलादेशसँग दुई पटक तथा म्यानमार, उज्वेकिस्तान र जोर्डनसँग १–१ पटक फाइनलमा पराजित भएको छ ।

यसअघि पछिल्लो पटक २०२४ फेब्रुअरीमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल पुगेको थियो । तर जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै नेपाल उपाधिबाट बञ्चित भयो ।

Image Source: © https://mulpatra.com

दषिण एसियाली साफ वा सागमा यसअघि भारत नेपालको लागि बाधक बन्दै आएको थियो । साफको पाँच पटकको च्याम्पियन भारत विरुद्ध पछिल्लो समय नेपालले राम्रो प्रदर्शन गर्न थालेको छ । साफमा दुई पटक सेमिफाइनलमा भारतलाई हरायो पनि । तर पछिल्लो दुई संस्करण नेपालका लागि नयाँ टोली बंगलादेश नयाँ चुनौतीको रुपमा देखिएकव छ ।

अहिले नेपाल पराजित भएको १२ फाइनलः

साफ महिला च्याम्पियनसिप

२०१० फाइनलः भारतसँग १–० ले पराजित

२०१२ फाइनलः भारतसँग ३–१ ले पराजित

२०१४ फाइनलः भारतसँग ६–० ले पराजित

२०१९ फाइनलः भारतसँग ३–१ ले पराजित

२०२२ फाइनलः बंगलादेशसँग ३–१ ले पराजित

२०२४ फाइनल ः बंगलादेशसँग २–१ ले पराजित

दक्षिण एसियाली खेलकुद (साग)

२०१० फाइनलः भारतसँग ३–१ ले पराजित

२०१६ फाइनलः भारतसँग ४–० ले पराजित

२०१९ फाइनलः भारतसँग २–० ले पराजित

२०१९ हिरो वुमन्स गोल्डकप

फाइनलः म्यानमारसँग ३–१ ले पराजित

२०१९ नादेज्दा कप

फाइनलः उज्वेकिस्तानसँग ३–२ ले पराजित

२०२४ वाफ वुमन्स च्याम्पियनसिप

फाइनलः जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित