Close

Recent Posts

घट्यो डिजेल र मट्टितेलको भाउ

घट्यो डिजेल र मट्टितेलको भाउ
  • १५ कार्तिक २०८१, बिहीबार २०:४८

काठमाडौँ । नेपाल आयल निगमले तिहार शुरु भएसँगै डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

mulpatra

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।


भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७।५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ ।

mulpatra mulpatra mulpatra


पेट्रोलको मुल्यमा भने हेरफेर नगरेको निगमले जनाएको छ ।