Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
  • १७ कार्तिक २०८१, शनिबार १२:०२

काठमाडौं । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

mulpatra


पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निःशुल्क दिने भएको हो ।


विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी माघदेखि खोप अभियान सञ्चालन गर्ने लागिएको हो ।

mulpatra mulpatra mulpatra

१० देखि १४ वर्षसम्मका बालिका करिब १६ लाख ८८ हजार छन् । यसअघि सरकारले सात संघीय अस्पतालमा नमूनाका रुपमा १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।


माघदेखि हरेक विद्यालयमा गएर खोप दिने र विद्यालय बाहिर रहेका बालिकाहरुलाई पालिकाको वडा स्वास्थ्य शाखासम्म पुगेर खोप दिने कार्यक्रम रहेको र अर्को वर्षदेखि एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश गरिने मन्त्रालयले जनाएको छ ।