Close

Recent Posts

विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि पोखरामा अश्रुग्यास प्रहार

विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि पोखरामा अश्रुग्यास प्रहार
  • २० कार्तिक २०८१, मंगलवार १२:४१

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

mulpatra

रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस हानेको छ। सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ। यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन्।

mulpatra mulpatra mulpatra