Close

Recent Posts

जिवीलाई दुई साताअघि नेपाल ल्याएर सरकारकै संरक्षणमा लुकाइयो: प्रसाई

जिवीलाई दुई साताअघि नेपाल ल्याएर सरकारकै संरक्षणमा लुकाइयो: प्रसाई
  • २० कार्तिक २०८१, मंगलवार १७:०८

काठमाडौं– अहिले गोर्खा मिडिया सञ्चालक गीतेन्द्रबाबु (जीबी) राईलाई सरकारले नेपालमै लुकाएर राखिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमाले र कांग्रेसका शीर्ष नेताहरुले जिवी राईलाई कार्तिक पहिलो सातानै नेपाल ल्याएर काभ्रे धूलिखेलको एक रिसोर्टमा लुकाएर राखिएका थिए । अहिले उनलाई भारतसँग सिमाना जोडिएको कुनै स्थानमा सुरक्षीत रुपमा सरकारको संरक्षणमा राखिएको छ ।

mulpatra

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेले जेल जाने टुङगो लागेपछि राईलाई सार्वजनिक गर्ने पक्षमा सरकार छ ।

रविलाई सहकारी ठगि काण्डमा जेल हाल्ने पक्का भएपछि मात्र जिवीलाई प्रहरी अथवा अदालतमा आत्मसम्र्पण गर्ने लगाएर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले लोकप्रियता बटुल्न् खोजेको आरोप नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् ।

mulpatra mulpatra mulpatra

प्रहरी स्रोतले दिएको जानकारी अनुसार जिवीलाई एमाले र कांग्रेस शीर्ष नेताको सहयोगमा नेपालभित्रै लुकाएर राखिएको प्रसाईले बताए । ‘सहकारी ठगि काण्डमा रवि लामिछाने जेल जाने पक्का भएपछि जिवीलाई सहकारीको सबै पैसा तिर्ने सर्तमा सरकारले छुट दिने गरी नेपाल ल्याएको हो । उनले पनि यो सर्त स्वीकारे कार्तिक पहिलो साता नै मलेसियाबाट नेपाल आएका थिए ।’ उनले भने।

तीन महिनाअघि पनि प्रसाईले जिवी राई मलेसियामा लुकेर बसेपनि सरकार र नेपालका राजनीतिक दलसँग सम्र्पक भएको जानकारी दिएका थिए ।

राईलाई पक्रिए एमाले–कांग्रेसका शीर्ष नेता पनि सरकारी काण्डमा मुछिने डरले उनलाई अहिलेसम्म नपक्रिएको प्रसाईको दाबी छ । सरकारी ठगि काण्डमा एमाले र कांग्रेसका ६० प्रतिशत नेता–कार्यकर्ता संलग्न रहेको प्रहरीको अनुमान छ ।

Image Source: © https://mulpatra.com

जीबी कालीमाटीको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र वीरगञ्जको सानो पाइला गरी पाँच सहकारीको रकम अपचलनमा जोडिएका छन् । पोखरा र बुटवलमा उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ । बाँकी तीनवटा सहकारीमाथि भने अनुसन्धान भइरहेको छ ।

यसअघिसम्म यी पाँचवटा सहकारी ठगीका मुख्य अभियुक्त जीबीलाई पक्राउ नगरेको भन्ने आरोप लगाउँदै आएको कांग्रेसकै गृहमन्त्री रमेश लेखकले समेत उनी नेपालमा हुँदा पक्राउ गर्न हिम्मत राखेका छैन । अहिले कांग्रेस सरकारमा छ । सोही पार्टीका नेता लेखक अहिले गृहमन्त्री छन् । तर अहिलेसम्म सहकारी ठगीको केन्द्रमा रहेका व्यक्ति जीबी भने पक्राउ पर्न सकेका छैनन् ।

गोर्खा मिडिया सञ्चालक गीतेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी र कुमार रम्तेल थिए । जसमध्ये दुई जना (लामिछाने र जोशी) पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् । रम्तेल भने यसअघिकै मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

तर सहकारी ठगीका मुख्य पात्र भनिएका जीबी भने अहिलेसम्म फरार रहनुमा सरकारकै हात रहेको राजनीतिक बृत्तमा चर्चा छ । राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना गरेको आरोप छ ।

प्रसाईको स्टाट्स