Close

Recent Posts

ज्यानमार्ने उद्योगमा प्रदेशसभा सदस्य दीपक मनाङे सर्वोच्चबाट दोषी ठहरः ५ बर्ष कैद सजाय हुने

ज्यानमार्ने उद्योगमा प्रदेशसभा सदस्य दीपक मनाङे सर्वोच्चबाट दोषी ठहरः ५ बर्ष कैद सजाय हुने
  • २० कार्तिक २०८१, मंगलवार १८:२२

काठमाडौँ । दीपक मनाङे भनेर चर्चित गण्डकी प्रदेश सभा सदस्य राजिब गुरुङलाई ज्यान मार्ने उद्योग गरेवापत सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका हुन । यसअघि उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । त्यसैलाई सदर गर्दै सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

mulpatra


२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए। त्यतिखेर चक्रे मिलनको हात काटिएको थियो। उक्त घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन्।
सोही मुद्धामा उच्च अदालतले दोषी ठहर गरेको थियो तर अदालतबाहिर बसेर मुद्धा लड्न सक्ने अधिकारको प्रयोग गरि मनाङे थुनामुक्त भएका थिए ।

यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

mulpatra mulpatra mulpatra