Close

Recent Posts

विवादित पूर्वमन्त्री अधिकारीलाई प्रहरी नियन्त्रणमा काठमाडौं ल्याइँदै

विवादित पूर्वमन्त्री अधिकारीलाई प्रहरी नियन्त्रणमा काठमाडौं ल्याइँदै
  • २५ कार्तिक २०८१, आईतवार १२:५४

काठमाडौं– मानव तस्करी प्रकरणमा विवादित बनेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइने भएको छ ।

mulpatra

उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा काठमाडौं पठाउन लागिएको कोशी प्रदेशका डीआइजी चन्द्र कुवेर खापुङले बताए ।

खापुङले नेपाल प्रेससँग भने, ‘उहाँलाई काठमाडौं पठाउनका लागि व्यवस्थापन भइरहेको छ ।’ पूर्वमन्त्री अधिकारी आज आफैँ प्रहरीमा आत्मसमर्पण गर्ने तयारीमा समेत थिए ।

mulpatra mulpatra mulpatra

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो। ‘पक्राउ परिसक्नु भएको भन्ने छ। आजै काठमाडौं ल्याइन्छ’, परिसरका एक उच्च अधिकारीले भने।

मानव बेचबिखन तथा ओसारपसारका ठुला घटनामा अनुसन्धान गर्न ब्युरो नै बनाइएको भएपनि यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाईअघि सारिएको छ।