चन्द्रमा बन्यो जूनमा कुद्ने गाडी
काठमाडौं– नेपालमा हिन्दुहरु चन्द्रमा(जून)लाई ग्रह र देवता मान्छन् । अमृत तत्वको भण्डारण र संरक्षण गर्ने जिम्मा चन्द्रमालाई दिइएको भनेर हिन्दु शास्त्रहरुमा वर्णन गरिएको छ । तर केही पश्चिमा वैज्ञानिकहरु त्यही चन्द्रमामा मानव बस्ति बसाउने ध्याउन्नमा लागेका छन् ।

यसका लागि कसैले त्यहाँ बस्ने घर बनाउने, कसैले त्यहाँ जाने रकेट बनाउने, कसैले रेलबाटै जाने व्यवस्था मिलाउन अनुसन्धान थाल्ने काम भइरहेको छ । त्यस्तै सिर्जनात्मकताको एक उपलब्धि बाहिर आएको छ, गाडी ।
अहिलेसम्म पत्ता लागे अनुसार चन्द्रमामा पृथ्वीको जस्तो चाम्रो र खँदिलो माटो, पर्याप्त पानी वा बृक्ष वनस्पति पाइँदैन । सम्भवतः कुनै प्राणि पनि त्यहाँ उपलब्ध छैन । त्यहाँको भूमि सतह हाम्रा मरुभूमिजस्तै उजाड र एक प्रकारको बालुवाले भरिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
ठूला चट्टान र पहाडहरु पनि होलान्, तर त्यसको प्रमाण खासै उपलब्ध भएको छैन । त्यसैले वैज्ञानिकहरुले मरुभूमिमा कुदाउनेजस्तै ठूला ठूला पांग्रा भएको गाडी तयार पारेका छन् ।
अन्तरिक्षसम्बन्धि अध्ययन गनेए अमेरिकी एजेन्सी नासाले यसमा पहल लिएको छ । सोही पहल अन्तरगत अमेरिकी कम्पनी इन्ट्युटिभ मेसिन्सले चन्द्रमामा चलाउन चाहेको गाडीको झलक गत बिहीबार सार्वजनिक भएको छ। यो एक डेमो एकाइ हो, जसको अर्थ वास्तविक सवारी साधनबाट थोरै भिन्नता हुन सक्छ।
मून रेसरलाई चन्द्रमामा पठाउनु अघि पृथ्वीमा बृहत परीक्षण गरिनेछ। गाडीको परीक्षण एरिजोनाको ‘मेटियर क्रेटर’मा हुनेछ। त्यहाँ वैज्ञानिकहरूले चन्द्रमामा जस्तै वातावरण सिर्जना गरेका छन्।
Image Source: © https://mulpatra.com
३० मिलियन डलरको अनुबंध कार्यहरूले इन्ट्युटिभ मेसिन्स र यसको उप–कन्ट्र्याक्टरहरूको टोलीलाई भारी कार्गो क्लास चन्द्र ल्यान्डर प्रयोग गरेर चन्द्रमामा एलटीभी विकास गर्न र प्रयोग गर्न सम्भाव्यता रोडम्याप सिर्जना गर्दछ।
मूनरेसर १४ फिट लामो, ८.५ फिट अग्लो र १२ फिट चौडा बनाइएको छ । यो एकदम शक्तिशाली छ। यसले १०८ फिट लामो ट्रेलर तान्न सक्छ। यसको गति १५ किलोमिटर प्रतिघण्टा सम्म हुने निर्माताले जनाएको छ। यसले २० डिग्रीको ओरालोमा पनि हिँड्न सक्छ र एक फिट उचाइसम्मका चुनौतीहरू पार गर्न सक्छ।
मून रेसर चालक दलले ड्राइभिङ गर्दा प्रयोगको लागि खतराबाट बच्ने प्रणाली र रोबोट अन्वेषणको लागि एक स्वायत्त अपरेशन मोडका साथ सुसज्जित रहेको छ।
यद्यपि, इन्ट्युटिभ मेसिन्स त्यस्ता गाडीहरूमा काम गर्ने एक्लो कम्पनी होईन। जापानको अन्तरिक्ष एजेन्सी जाक्साले टोयोटासँगको सहकार्यमा सन् २०३१ सम्ममा चन्द्रमामा पठाउन सकिने गाडी पनि विकास गरिरहेको छ।



