Close

Recent Posts

कोशीका पूर्व मन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कोशीका पूर्व मन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
  • ४ मंसिर २०८१, मंगलवार २०:१८

काठमाडौं । अवैधरूपमा जापान पठाएर मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

mulpatra


जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।

यसअघिको म्याद सकिएर मंगलबार उनलाई थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतमा पेस गरेको थियो । मन्त्री पदको दुरुपयोग गर्दै अवैध रूपमा मानिसहरू जापान लगेको आरोपमा उनी विराटनगरबाट पक्राउ परेका थिए ।

mulpatra mulpatra mulpatra