माछापुच्छ्रे बैंकका शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न आग्रह

माछापुच्छ्रे बैंकका शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न आग्रह
  • ८ मंसिर २०८१, शनिबार २०:४५

काठमाडौं । माछापुच्छ्रे बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ । बैंकले ५ वर्षअघि सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७५/०७६ सम्मको नगद लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको हो । 

mulpatra

लाभांश लिन बाँकी शेयरधनीले एक महिनाभित्र बैंकको बाघदरबार स्थित जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको बैंकको शेयर शाखामा सम्पर्क राख्नु पर्नेछ । तोकिएको अवधिभित्र लाभांश दाबी गर्न नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ ।