फेरी थपियो रवि लामिछानेलाई हिरासतमा राख्न १५ दिनको म्याद
काठमाडौं । पाँचौ पटक म्याद थप गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न आज अदालतले अनुमति दिएको छ ।

पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालतका न्यायधीश हिमलाल बेल्बासेको इजलासले अनुसन्धान गर्न थप म्यादको अनुमति दिएको हो ।
यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
पाँचौँपल्ट म्याद थपपछि उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि १५ दिन म्याद थप भएको छ ।



